१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मातापिताको हत्या गर्न सुपारी, झुक्किएर पाहुना मारिए


2.3k
Shares
Yellow crime scene do not cross barrier tape in front of defocused background. Horizontal composition with selective focus and copy space.

एजेन्सी, ११ वैशाख । छोराले मातापिता र भाईलाई मार्न सुपारी दिन्छन् । सुपारी पाएकाहरु रातको २ बजे घर फोरेर पस्छन् ।

योजना मुताबिक कोठामा पसेर तीनजनाको हत्या गर्छन् । माथिल्लो तल्लामा चिच्याहट सुनेर उक्लिएका युवक पनि मारिन्छन् । यो घटना भारतको कर्नाटकको हो । घटनाबारे छानविन गर्दै जाँदा प्रहरीले रोचक तथ्य पत्ता लगायो ।

घटनामा मारिएका तीनजना उक्त दिन पाहुना लाग्न आएका थिए । उनीहरु घरधनीको कोठामा सुतेका थिए । सुपारी पाएकाले घरधनी सम्झिएर हत्या गरेको थियो ।

प्रकाश बकाले र सुनन्दा बकाले र उनका कान्छा छोरा कार्तिक बकालेको हत्या गर्न सुपारी लिएकाले हदिमानी परिवारका तीन सदस्यको हत्या गरेको थियो । अपराधीले प्रकाश बकालेको पहिलो पत्नीका छोरा विनायक बकालेबाट सुपारी पाएका थिए । उनीहरुले झुक्किएर घरमा पाहुना लाग्न पुगेका हदिमानी परिवारको हत्या गर्यो । हतियार प्रहार गरेपछि चिच्याहट सुनेपछि कार्तिक दौडेर माथिल्लो तल्लामा पुग्दा मारिए ।

घटनामा ८ जना पक्राउ परेपछि प्रहरीले बयानका क्रममा सम्पत्तिको विवादम सुपारी दिएर हत्या गरिएको तथ्य फेला पारेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया