५ आश्विन २०८१, शनिबार | September 22, 2024

ओलीलाई के भयो ?


1.6k
Shares

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन परिषद्को बैठकमा अनुपस्थित रहे । शनिबारको उद्घाटनमा सहभागी भएर राजा नफर्कनेमा ढुक्क हुन कार्यकर्तालाई भनेका ओली आइतबार भने अनुपस्थित रहे ।

ओली अनुपस्थित रहेपछि सहभागीले चासो देखाए । उनी अस्वस्थ भएको गाईँगुईँ चल्यो । आखिर ओलीलाई के भएको भनी चासो राख्दा रुघाखोकीले सताएको भनिएको छ ।

ओली दुईपटक मृगौला प्रत्यारोपण पश्चात् पनि फुर्तिला छन् । उनले आफूले अझै २० वर्ष एमालेको नेतृत्व गर्ने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया