५ आश्विन २०८१, शनिबार | September 22, 2024

३३ प्रतिशत काम पूरा भइसकेकाले फाष्ट ट्रयाक समयमै सक्ने सेनापति शर्माको दाबी


415
Shares

काठमाडौं, ७ वैशाख । प्रधानसेनापति प्रभुराम शर्माले फाष्ट ट्रयाकको काम निर्धारित समयमै पूरा गर्ने दाबी गरेका छन् । उनले काम समयमै सक्ने गरी योजना अनुसार काम भइरहेको बताए ।

शुक्रबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै सेनापति शर्माले समयमै सकिने भएकाले आफूले सक्दिनँ नभन्ने बताए । चाँडै टनेलको काम पूरा हुने समेत बताए । टनेल र पुलको काम द्रुत गतिमा भएको र बाटो खन्ने कार्यमा समय नलाग्ने बताए ।

फाष्ट ट्रयाकको लागत पनि नबढेको उनको भनाई थियो । तोकिएकै बजेट भित्र रहेको र निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क छ, सेनापति शर्माले भने । लागत बढेको भन्ने विषय गलत भएको उनको भनाई थियो ।

फाष्ट ट्रयाकको कामले गति लिन नसकेको चर्चा चलिरहँदा सेनापतिको पछिल्लो भनाई सार्वजनिक भएको हो । रणनीतिक महत्वको सडक सेनाले निर्माणको जिम्मा लिएको छ । तर, समयमै काम नहुने आशंका कायमै छ ।

प्रतिक्रिया