६ माघ २०८१, आइतबार | January 19, 2025

बाबुराम पेण्डुलम


498
Shares

काठमाडौं, ६ वैशाख । जनताको भावना अनुसार नचल्ने र समयलाई पनि बदल्न नसक्ने नेता टीकाउ हुँदैनन् भन्ने सन्देश गएको छ डा. बाबुराम भट्टराईको सन्दर्भमा । उनको अस्थिर र अराजक व्यवहारले राजनीतिनै धुलिसात बनाइदिएको छ । कुनैबेलाका हिंसात्मक माओवादी गतिविधिका योजनाकार बाबुराम २०७२ सालसम्म त सफल नै रहे । अर्थमन्त्री हुँदै प्रधानमन्त्री बन्न सके । कतिपय विकासका राम्रा काम पनि गरे । तर, उनी जनताको धार्मिक र सांस्कृतिक भावनामाथि ठेस पु¥याउन थाले । यसमा उनको धेरै वास्तविकताहरु उजागर हुँदै गयो ।

बाबुराम हिन्दू समुदायमाथि खनिए । उनले हिन्दू धार्मिक गतिविधिको खुलेर विरोध गर्न थाले । त्यही प्रकारका पोष्टहरु गरे । यतिसम्मकी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गँगामा दूध चढाएको तस्बिरमा पानीमा दूध चढाउने र मूत पिउने भनी गरिएको ट्वीटलाई रिट्वीट गरे । यसपछि उनको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग ट्वीटमै शब्दयुद्ध चल्यो । बाबुराम जेएनयूका उग्र कम्युनिस्ट शैलीमै प्रस्तुत भए । उनले कम्युनिस्ट सिद्धान्त त परित्याग गरे तर त्यही अनुरुपको व्यवहार छाड्नुको साटो उग्र व्यवहार देखाए ।

बाबुराम गोरखाबाट चुनाव लड्न डराए यसपटक । विश्वस्त स्रोतका अनुसार गोरखामा निकै प्रभाव बनाएका एकजना नाम चलेका व्यक्ति ब्याक नहुनेभएपछि बाबुराम ब्याक भए । छोरी मानुषीका लागि काठमाडौंबाट माओवादीको चिन्हमा टिकट सुरक्षित गरेर गोरखा प्रचण्डका लागि छाडे । उनको नेपाल समाजवादी पार्टीले देशभरबाट प्रतिनिधि सभामा एक सिट मात्र जित्यो त्यो पनि महेन्द्र राय यादवले । तर, माओवादीमा विलय हुने विवादमा नेपाल समाजवादी पार्टी फुट्यो । यादवभन्दा अघि नै बाबुरामलाई विश्वासपात्रहरुले छाड्दै गएका थिए ।

बाबुरामले निकै संरक्षण गरेका कल्पना धमलाहरु पनि छाडे । त्यस अघि नै कल्पनाका पति देवेन्द्र पौडेलले छाडिसकेका थिए । बाबुरामलाई छाड्नेमा उनका पूर्व स्वकीय सचिव विश्वदीप पाण्डे पनि हुन् । पाण्डे कुनैबेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका विश्वासपात्र मानिन्थे । विश्वदीप हरेक दुःख सुखमा बाबुरामलाई साथ दिदै आए ।

पाण्डेले सोमबार विहान आफूले नेपाल समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए । त्यसपछि प्रचण्डलाई बालुवाटारमा भेटी माओवादी प्रवेशको घोषणा गरे । विश्वदीपले सामाजिक सञ्जालमार्फत् केही वर्ष उतारचढाव, भोगाई र अनुभूतिसँगै नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका छन् । उनले वामपन्थी शक्तिबीचको एकतामा समेत जोड दिएका छन् । अब बाबुरामको साथमा उनकी पत्नी हिसिला यमी र छोरी मानुषी यमी मात्र छन् । उनीहरुले पनि राजनीतिक महत्वाकांक्षाले कुनैपनि बेला बाबुरामको साथ छाड्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया