३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मुख्यसचिव अर्यालको आइटी माफियासँग साँठगाँठ, देशमाथि ठूलै घात


1.8k
Shares

काठमाडौं, १८ फागुन । मुख्यसचिव बैकुण्ठ अर्यालको टेलिकम माफियासँगको साँठगाँठलाई नेपाली पेनले खुलासा गर्दै आएको छ । पछिल्लो समय उनी विभिन्न भ्रष्टाचारकाण्डमा मुछिएको सप्रमाण खुलासा भइरहेको छ ।

अर्याललाई मुख्यसचिव बनाउनमा माफियाकै योजना थियो । यो योजनामा एनसेल कर छली प्रकरण सफल बनाउने देखि टेलिकम क्षेत्रमा अरबौं घोटाला गर्ने विषय रहेको छ । यही योजना अनुसार टेलिकम र दूरसञ्चार प्राधिकरणमा नियुक्तिहरु भइसकेका छन् ।

मुख्यसचिव अर्यालको नियुक्तिमा पनि माफिया गिरोहकै भूमिका रहेको छ । जसमा यसअघिका मुख्यसचिव शंकरदास वैरागी पनि संलग्न थिए । उनले अर्याललाई मुख्यसचिव बनाउन समय बाँकी छँदै राजीनामा दिए ।
पासा यसरी पल्टियो ।

प्रधानमन्त्री प्रचण्डले तत्कालीन ऊर्जा सचिव दिनेशकुमार घिमिरेलाई मुख्यसचिव बनाउने बचन दिइसकेका थिए । २०८० असार १४ गते तत्कालीन मुख्यसचिव शंकरदास बैरागी खनाल ३ वर्षे सेवा अवधिका कारण घर जाने भएपछि घिमिरेको थाप्लोमा मुख्यसचिव आउने पक्कापक्की थियो । प्रचण्डले प्रधानमन्त्रीको कार्यकक्षमै बोलाएर घिमिरेलाई ‘तपाईं जलस्रोत, विद्युत व्यपार हरेक कुरामा विज्ञ र जान्ने हुनुहुँदोरहेछ तपाईंलाई नै मुख्यसचिव बनाउँछु ढुक्क हुनुहोस्’ भनेका थिए ।

मुख्यसचिव बन्नेमा ढुक्क भएका घिमिरे विदेशतिर लागे तर स्वदेशमा खेल उल्टियो । बैरागीभन्दा १४ दिन अगाडि घर जान लागेका सचिव डा। बैकुण्ठप्रसाद अर्याललाई सेटिङ मिलाएर मुख्यसचिव बनाइयो । बैरागीलाई हुँदै नभएको पद सिर्जना गरेरराष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर खल्तीमा राजीनामा बोकेर हिँडेका अर्याललाई मुख्यसचिव बनाइयो ।

बहुचर्चित एमसीसी र सञ्चार मन्त्रालयमा हुँदा आरजु राणा देउवाको योजनामा ज्ञानेन्द्रबहादुर कार्कीलाई विश्वासमा लिएर काम गरेका अर्यालले बैरागीलाई मन्त्री सरहको पदमा व्यवस्थापन गरेर घर जाने अघिल्लो दिन जेठ ३२ मा मुख्यसचिव बन्न सफलता हासिल गरे । त्यसपछि घिमिरे पूरा अवधि पनि सचिव पदमा नबसेर राजीनामा दिन वाध्य भए। प्रधानमन्त्री प्रचण्ड पनि यो खेलमा ठूलै शक्तिसामु निरिह भए ।

एमसीसी र एनसेलको खेल

अर्याललाई मुख्यसचिव हात पर्नुमा एमसीसी र एनसेलको मुख्य भूमिका रहेको बुझिएको। त्यसमा काँग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउावको भूमिका महत्वपूर्ण देखिन्छ । अख्तियारको हिरासतमा रहेका आईटी माफिया विकल पौडेल र सुनिल पौडेललाई कानुन नै फेरेर महत्त्वपूर्ण पदमा नियुक्ति दिलाउन तत्कालीन सञ्चार सचिव रहेका अर्यालको महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

शंकरदास वैरागी, बैकुण्ठ अर्याल, विकस पौडेल र सुनिल पौडेललगायत एउटै गिरोहका हुने भन्ने खुल्दै गएको छ । उनीहरुले राष्टिय परिचयपत्र, इम्बोस्ड नम्बर प्लेटका अलावा विभिन्न आइटी र टेलिकमसम्बन्धी ठेक्का र खरिदमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलका थिए । सस्कृति र धर्ममाथि प्रहार गर्ने गतिविधिको भारी बोकेका थिए ।

विकललाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः दोहोऱ्याउनका लागि कानुन फेर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाउँदा तत्कालीन सचिव अर्यालले ‘टोकन मनी झण्डै २० लाख लिएको चर्चा छ । त्यसको केही प्रमाण खुलिसकेको छ । पुनर्नियुक्तिको बेला त ठूलै लाभ लिएको चर्चा अझै सञ्चार मन्त्रालयतिर सेलाएको छैन । सुनिललाई नेपाल टेलिकमको एमडी बनाउँदा त्योभन्दा ठूलो खेल भयो ।

सामान्यतः मन्त्रीले सचिव लाने गर्छन् तर ज्ञानेन्द्रबहादुर काकीलाई सञ्चारमा लान तत्कालीन सचिव बैकुण्ठ अर्यालले भूमिका खेलेको समेत टिप्पणी हुने गरेको छ । कानुनमन्त्री ज्ञानेन्द्रसँग अर्थमा सँगै काम गरेको र सहज भएकाले सञ्चारमा ल्याउन उनी सक्रिय भएर लागेको र ल्याएरै छाडेको कुरा निजामती वृत्तमा सुन्ने गरिन्छ । अर्थमा हुँदा एमसीसीको हस्ताक्षर गर्न ज्ञानेन्द्र र बैकुण्ठ एकसाथ अमेरिका गएका थिए ।

बैरागीले अर्याललाई मुख्यसचिव सजिलै छोड्नुको कारण पनि एउटा सञ्चारको नियुक्ति जोडिन्छ । स्रोतका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हालमा कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेल बैरागीका सालीका छोरा हुन् । सुनिल र विकलले आईटी उपकरण खरिदमा कुस्त कमाएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रदीपलाई लाने र विकल र सुनिललाई लाभ पुऱ्याउनमा बैरागी(अर्याल ग्याङको पुरै सेटिङ भएको सहजै अनुमान लगाउन सकिन्छ । अहिले मन्त्रिपरिषद्बाट निर्णय भएर खारेजीमा परेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित सबै कर्मचारीको म्याद असार मसान्तसम्म थपाउन मुख्यसचिव अर्यालले मुख्य भूमिका खेलेको देखिन्छ ।

टेरामक्स प्रविधि घोटालामा मुछिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएपछि मुख्यसचिव अर्याल विवादमा परेका छन् । प्रशासन र सुशासनको नेतृत्व गर्नुपर्ने बहालवाला मुख्यसचिव नै अर्बौंको घोटालामा अख्तियार पुगेर बयान दिएका छन् । उनीमाथि पनि मुद्दाको तयारी भएको छ । आ

उही गिरोह बैरागी र अर्याललाई मुख्यसचिव बनाउन लाग्यो र उनीहरु अनुकूलको मन्त्री बनाउन पनि सके । अर्याल जस्तै बैरागी पनि स्वभाविक ढंगले मुख्यसचिव भएका हैनन् । स्वास्थ्य मन्त्रालयको सचिवको समेत जिम्मेवारी सम्हालेका चन्द्र घिमिरेलगायतलाई चित खुवाएर उनी मुख्यसचिव बन्न सफल भएका हुन् । तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीले पूरा अवधि मुख्यसचिव सम्हालेका भए बैरागी मुख्यसचिव हुन पाउने थिएनन् । त्यसको स्वभाविक दावेदार घिमिरे हुन्थे तर कार्तिक १० गतेसम्म मुख्यसचिवमा बहाल रहनु पर्ने रेग्मी असोज १५ मै उक्त पद छोड्दा बैरागीले मुख्यसचिव फुत्काए । त्यसपछि बेलायतको राजदूत बनेर गएका रेग्मी अपमानजनक तरिकाले हटाइए । उनी जसरी आए त्यसरी नै गए ।

मुख्यसचिवको ‘सिस्टम’ भत्काउने मुख्य अपजस भने सोमलाल सुवेदीलाई जान्छ । उनी मुख्यसचिवको पद बीचैमा छाडेर एडिबीमा सहसचिव सरहको पदमा जागिर खान जाँदा निजामती प्रशासन र मुख्यसचिव हुने नियमित प्रक्रिया नै भताभुंग भयो । लोकदर्शनलाई मुख्यसचिव बनाउन उनी राजीनामा नै नदिई एडिबीको फिलिपिन्सको मनिलास्थित कार्यालयमा जागिर खान गए । यसमा पनि ठूलै शक्तिकेन्द्रको खेल चलेको छ ।

सोमलालले राजीनामा दिँदा धनबहादुर तामाङ मुख्यसचिव बन्थे र लोकदर्शको बाटो बन्द हुन्थ्यो । सचिवबाट धनबहादुरले अवकाश पाएपछि मात्र उनले राजीनामा दिए अनि लोकदर्शनलाई मुख्यसचिव बन्न मिल्ने गरी तिथि मितिसहित हिसाब गरेर ‘जस्केला’बाट राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाइयो ।

कहिले लोकदर्शन र शंकरदासको नाममा त कहिले बैकुण्ठको नाममा निजामती प्रशासनको सर्वोच्च पदलाई ‘भकुण्डो’ बनाउने काम जारी छ । शक्तिकेन्द्र आफू अनुकूलको व्यक्ति कर्मचारीतन्त्रमा ल्याउने गतिवधि चलाइरहेका छन् । त्यस्ता कर्मचारीले नेतालाई घुमाएर भ्रष्टाचार र अनियमितताले देशलाई बर्बाद पारिरहेका छन् ।

सम्बन्धित समाचारहरुः

एनसेल कर छली सफल बनाउने डिजाइनमा भएको थियो मुख्यसचिवमा बैकुण्ठ अर्यालको नियुक्ति

आइटी माफिया विकल पौडेलले मुख्यसचिव अर्याललाई घूस दिएको खुलासा

मुख्यसचिव बैकुण्ठ अर्यालको पद धरापमा, अख्तियारले लियो बयान

अख्तियार लगाउन मन्त्री र मुख्यसचिव ताक्दा प्रेम राईको पद धरापमा

अख्तियार प्रमुख राईले गरे टेरामक्स प्रणालीमा मुद्दा हाल्ने खुलासा, को को हाइप्रोफाइल पर्लान्

एनसेल छानविन प्रतिवेदन लुकाइयो, कर छलीकाण्ड सामसुम पार्न भण्डारी सक्रिय

एनसेल प्रकरणमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्यालले भ्रष्टाचार विरुद्ध बोलेपछि…

आइटी माफिया विकलले मच्चाएको ब्रम्हलुटको फेहरिस्ता

एनसेल कर छलीका डिजाइनरलाई दूरसञ्चार प्राधिकरणको चाबी, खरबौंको खेल सामसुम पार्ने ग्रान्डडिजाइन

एनसेल कर छली मिलाउन भूपेन्द्र भण्डारीको नियुक्ति

विकल र सुनिलले खोल्लान् त विदेशमा घूस खाने नेता र कर्मचारीको रहस्य

आइटी माफिया विकलले नेता, कर्मचारी र न्यायाधीशलाई विदेशमा दिएका थिए घूस

अख्तियार लाग्ने भएपछि मोहन बस्नेत र ज्ञानेन्द्र कार्कीको देउवासँग हारगुहार, मुख्यसचिव बैकुण्ठ अर्याल युज एण्ड थ्रोमा पर्दै

सुनिल पौडेलले भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष, मुख्यसचिव देखि राष्ट्रपतिका सल्लाहकारसम्म तानिए

वैकुण्ठलाई मुख्यसचिव बनाउन वैरागी यसकारण बने सहयोगी

ठूलामाछाविरुद्ध एक्सनमा जाला अख्तियार ?

ज्ञानेन्द्र र मोहनलाई अख्तियारबाट जोगाउन प्रेम राईलाई महाभियोगको धम्की

अरबौं घोटालाको टेरामक्स काण्डमा को को पर्दैछन् अख्तियारको फन्दामा

टेरामेक्स प्रकरणमा भ्रष्टाचार भएको विषयमा लेखा समितिमा छलफल

ओली-चोलेन्द्र रिझाएर टेरामेक्सकाण्डमा अख्तियार मिलाउन सनिललाई राजदूत

एनसेल प्रकरणले प्रचण्डको सत्ता संकटमा

एनसेल प्रकरणको विरोध साम्य पार्न टंकमणि शर्मालाई ठेक्का

प्रधानन्यायाधीश बिकेनन् भने के के हुन पाउँँदैन

टेलिकम माफिया जोगाउन अख्तियार पदाधिकारीलाई तर्साउन खोजिदै

एनसेल प्रकरणमा देउवापुत्र जयवीरको संलग्नताको खुलासा

एनसेललाई कारबाही गर्नुपर्नेमा छानविन समिति बनाएर सामसुम पार्ने चलखेल

एनसेल ‘माफिया’ ले २०७९ को चुनाव प्रभावित पारेका थिए, कुन नेताले कति रकम पाए

एनसेल प्रकरणमा रोमियो देखि उपेन्द्र महतोसम्म

राष्ट्रघाती एनसेल प्रकरणमा को को संलग्न

प्रचण्डको अग्निपरीक्षाः एनसेलको अरबौंको कर छली प्रकरणमा संलग्नलाई कारबाही कि संरक्षण

अरबौं घोटालाको टेरामक्स प्रकरणमा विदेशबाटै घूसको सेटिङ, अख्तियारबाट बच्न चोलेन्द्रसँग मिलेमतो

आइटी माफियाको जालो तोड्दै अख्तियार, टेरामेक्सले तरंगले यीनको पद धरापमा

आतंकवादी संगठन हिजबुल्लाहसँग जोडिएको कम्पनीलाई दूरसञ्चारसम्बन्धी संवेदनशील ठेक्का दिइएको खुलासा, हाइप्रोफाइलहरुको पद धरापमा

टेलिकमका सुनिल पौडेलले क कस्लाई पोले ?

प्रतिक्रिया