१२ श्रावण २०८१, शनिबार | July 27, 2024

टेलिकमका सुनिल पौडेलले क कस्लाई पोले ?


September 8, 2023
0
Shares

काठमाडौं, २२ भाद्र । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल अख्तियारबाट जोगिन अनेकन रणनीति चालिरहेका छन् । उनी विभिन्न माध्यमले शक्तिकेन्द्रमा पहुँच बनाएर अख्त्यिारमाथि दबाब बनाइरहेका छन् । बुढानिलकण्ठमा आफ्ना मान्छे पठाएर काँग्रेस सभापति शेरबहादुर देउवामार्फत् दबाब बढाएका छन् । उनका मान्छे बालकोट पुगेर केपी शर्मा ओलीमार्फत् अख्तियारलाई प्रभावित पार्न लागेका छन् । यसमा गोकुल बाँस्कोटाले समेत भूमिका खेलिरहेको विश्वस्त स्रोतले बताएको छ । गोकुल सञ्चारमन्त्री हुँदाकै पालामा सुनिल पौडेल र विकल पौडेलले ठूलै आँट गरी घोटालाहरु गरेका थिए । प्रधानमन्त्री प्रचण्डले भने सुनिल पौडेललाई कुनै हालतमा साथ दिन नसक्ने जवाफ दिइसकेको बुझिएको छ ।

पौडेलमाथि नेसनल पेमेन्ट गेटवेमा २५ करोड नोक्शानी पुर्याएको र १२ करोडभन्दा बढी घोटाला गरेको निष्कर्षमा अख्तियार पुगिसकेको छ । तर, सुनिलले उच्च तहका कर्मचारीको नाम पोलेपछि मुद्या दर्ता प्रक्रिया केही पर सरेको बुझिएको छ । यसबाट सुनिलले आफू जोगिनसक्ने रणनीति पनि बुनेका छन् । नेसनल पेमेन्ट गेटवेको खरिद प्रक्रिया हुँदा सञ्चारमन्त्री रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि अख्तियारले बयान लिएको छ । तत्कालीन गभर्नर चिरञ्जीवी नेपालसँग पनि बयान लिइएको छ । नेपाल हाल राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार छन् ।

एकपछि अर्को भीआइपीलाई जोडेर अख्तियारले सुनिल पौडेलमाथि मुद्या दायरमा अलमल गरिरहेकोमा आशंका बढेको छ । पौडेलले आफू राष्ट्रिय सूचना केन्द्रको निर्देशक हुँदा सरकारबाट नै नेसनल पेमेन्ट गेटवेको खरिदमा रकम छुट्याइएको तर्क गरेर अरुलाई समेत तान्ने अवस्था बनाएका छन् । जबकि सरकारको काम रकम विनियोजन गरेको पठाउने हो र खर्च गर्ने निकाय केन्द्र नै थियो । पौडेलसहितको टोलीले १० दिनमा खरिद प्रक्रिया पूरा गरी हतार हतार २५ करोडको सामाग्री खरिद टुंग्याएका थिए ।

तर, त्यो अझै काममा आउन सकेको छैन । यसबाट पौडेल विभिन्न बहानामा उम्कन खोजिरहेका छन् । खरिद सामाग्री प्रयोगमा नल्याउनेहरुमाथि दोष थोपरिरहेका छन् ।
पौडेललाई जोगाउन गोकुल बाँस्कोटाले ठूलै शक्ति प्रयोग गरिरहेको बुझिएको छ । उनी केपी शर्मा ओलीका विश्वासपात्र हुन् । ओली प्रधानमन्त्री भएकै पालामा अख्तियारका प्रमुख आयुक्तमा प्रेम राई नियुक्त भएका थिए । आयुक्तहरु पनि विभिन्न दलका मुख्य नेताको कोटामा नियुक्त भए । यसकारण पनि ओलीको दबाब बढाएर पौडेल जोगिन खोजेका छन् । यसमा सूचना क्षेत्रमा माफिया शैलीमा सक्रिय विकल पौडेल हात धोएर लागेका छन् ।

टेलिकममा हुने अरबौंको ठेक्का र रकम भुक्तानीको खेललाई पौडेलले अस्त्र बनाउन खोजेका छन् । उनी हुवाबेलाई नै अब हुने विभिन्न टेन्डरमा सामेल गराउने उद्देश्यले लागेका छन् । जसमा फाइभ जी सम्बन्धी पनि रहेको छ । हुवाबेलाई भुक्तानी गर्नुपर्ने मामलामा पनि पौडेलले खेलिरहेका छन् । अर्कोतर्फ, उनले हतार हतार भुक्तानी र ठेक्का सम्झौता गराइहाल्न खोजेका छन् । नेपाल दूरसञ्चारको बोलपत्र नं एनडीसीएल÷डब्लुसीएसडी÷आइसीबी ०६÷०७८–७९ को प्वाइन्ट अफ इन्टरकनेक्ट सिस्टमको बोलपत्रमा अन्य प्रतिष्पर्धी कम्पनीलाई प्राविधिक मूल्यांकनमा छनोट नगरी चिनियाँ कम्पनी हुवाबेलाई मात्र छनोट गरेका छन् । यो यस्तो संवेदनशील प्रणाली हो जसले नेपाल दूरसंचारको ग्राहकहरुमा वा ग्राहकहरुबाट आउने जाने सम्पूर्ण अन्तर्राष्ट्रिय कल तथा एसएमएसहरुको ब्यहोरा सम्हाल्छ वा राख्छ ।

हुवाबेले ठेक्का प्रतिष्पर्धामा चीनबाट नभई सिंगापुरबाट भाग लिएको छ । सन् २०२१ र २०२२ मा भएको बोलपत्र आव्हानमा दुवैपटक हुवाबेले चीनबाट नेपाली संस्थाको मार्फत् प्रतिष्पर्धामा भाग लिएको थियो । त्यस समय हुवाबे चीनलाई अमेरिकाले प्रतिबन्धित गरेको थियो । दुवैपटक हुवाबेलाई अयोग्य ठहर गर्न सक्ने भएकाले ठेक्का नै रद्द गरियो । यसरी हुवाबेकै लागि काम गर्न सुनिलको नियुक्ति भयो तर उनीमाथि अख्तियार लाग्ने भएपछि सबै योजनामा धक्का पुगेको छ । यसले टेलिकमभित्र पनि खैलाबैला मच्चिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया