२७ भाद्र २०८१, बिहिबार | September 13, 2024

वैकुण्ठलाई मुख्यसचिव बनाउन वैरागी यसकारण बने सहयोगी


0
Shares

काठमाडौं, ३२ जेठ । सचिवका रुपमा डा. वैकुण्ठ अर्यालको पाँच वर्षे कार्यकाल सकिन ३ दिन बाँकी रहँदा रातारात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गजबको निर्णय लिएका छन् । मुख्यसचिव शंकरदास वैरागीलाई आज नै राजीनामा दिन लगाइयो । हतार हतार राजीनामा लेखाइयो ।

आकस्मिक मन्त्रिपरिषद् बैठक डाकियो र राजीनामा स्वीकृत गरी वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाइयो । त्यसपछि खाली मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरियो ।

मुख्यसचिव वैरागी असोजमा मात्र अवकाश पाउने थिए । योसँगै अर्यालको अवकाशपछि मुख्यसचिव बन्ने आशा राखेका धेरै सचिवहरु निराश भएका छन् ।

अर्याललाई मुख्यसचिव बनाउन प्रधानमन्त्री प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुवै सकारात्मक बनेको बुझिएको छ ।

सुरक्षा परिषद्का सल्लाहकार वैरागीले पनि आजै सपथ लिएका छन् । उनलाई भविष्यमा राजदूत बनाउने वचन समेत दिइएको बुझिएको छ । वैरागी मुख्यसचिव बन्नुभन्दा अघि परराष्ट्र सचिव थिए ।

प्रतिक्रिया