२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नेपालमा कसैले हिन्दूराष्ट्रको कुरा गर्यो कि भारतलाई षड्यन्त्रको आरोप लगाउने गरिन्छः आरएसएस कार्यकारिणी राम माधव


415
Shares

काठमाडौं, १६ चैत्र । भारतीय जनता पार्टीका पूर्वमहासचिव तथा राष्ट्रिय कार्यकारिणी राम माधवले नेपालमा कसैले हिन्दूराष्ट्रको कुरा गर्यो कि भारतलाई षड्यन्त्रको आरोप लगाउने गरिएको बताएका छन् । शुक्रबार अन्तराष्ट्रिय नेपाल भारत संस्कृति सम्मेलनको समापनमा बोल्दै उनले भारतले कुनै षड्यन्त्र नगर्ने स्पष्ट पारेका छन् ।

राम माधवले भने, ‘नेपालमा जे जति हुन्छ त्यो नेपाली समाजको इच्छा अनुसार नै हुन्छ । यहाँ बेलाबखत राजनीतिक कुरा चलिरहन्छन् । यहाँ यदि कोही हिन्दु राष्ट्रको कुरा गर्छ भने त्यसलाई भारतको षडयन्त्र भन्ने गरिन्छ । म तपाईलाई आश्वस्त पार्छु, यसमा कुनै षडयन्त्र छैन ।’

राम माधवले नेपाल लोकतन्त्र हो र भारतमा पनि लोकतन्त्र रहेको उल्लेख गर्दै नेपालको लोकतन्त्र सफल होस भन्ने भारतको चाहना रहेको बताए । नेपालको लोकतन्त्र सफल बनाउने जिम्मेवारी नेपालीहरुको नै भएको बताए । यदि नेपालले सहयोगको इच्छा देखाउँछ भने भने भारत सहयोगका लागि हरदम तयार रहेको बताए ।

नेपालमा कस्तो शासन व्यवस्था चाहिन्छ यसको निर्णय यहाँका मानिसले नै गर्नुपर्ने बताए। उनले नेपाल र भारतको नागरिक साझा संस्कृति र साझा विरासतका मानिस नै भएको बताए ।

प्रतिक्रिया