महराको नाटकीय पक्राऊ र रिहाइ

काठमाडौं, ९ चैत्र । सुन तस्करीमा पक्राऊ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा रिहा भएका छन् । उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।
महराको स्वास्थ्यवस्थालाई दृष्टिगत गरी रिहा गरिएको जनाइएको छ । उनलाई सोमबार कपिलवस्तुबाट पक्राउ गरिएको थियो ।
पूर्वसभामुख समेत रहेका महरा माओवादी अध्यक्ष प्रचण्डका निकट मानिन्छन् । उनका छोरा राहुल पनि सुन तस्करीमा पक्राऊ परी र्पुपक्षका लागि थुनामा छन् ।
सुन तस्करीमा महराको पक्राऊलाई गृहमन्त्री रवि लामिछानेको सरकारमा सहभागी भएलगत्तैको कदमका रुपमा लिइएको छ । लामिछानेकै दबाबमा महरा पक्राऊ परे । तर, उनलाई छाडिनुलाई नाटकीय मानिएको छ ।