२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

डलर अर्बपति चौधरीसँग सीआइबीको बयान


747
Shares

काठमाडौं, ८ चैत्र । डलर अर्बपति बिनोद चौधरीसँग नेपाल प्रहरीको सीआइबीले बयान लिएको छ । बिहिबार विहानै चौधरीसँग सीआइबीले बयान लिएको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको प्रकरणमा चौधरीमाथि बयान लिइएको जनाइएको छ । यो प्रकरणमा बिनोद चौधरीका भाई वसन्त चौधरीसँग बुधबार नै सीआइबीले बयान लिइसकेको छ । अरुण चौधरीलाई पक्राउ गरी मुद्दा दायर भइसकेको छ ।

नेपाली काँग्रेसका सांसद समेत रहेका बिनोद चौधरीलाई पक्राउ गर्ने तयारी समेत भएको बुझिएको छ । यसले राजनीतिवृत्तलाई तरंगित पारिरहेको छ ।

प्रतिक्रिया