४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण


8.5k
Shares

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक बाहिर पूर्वएआइजी समेत रहेका कार्यसमिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण भएको छ । उनलाई पूर्वमन्त्री विक्रम पाण्डेका समर्थकले आक्रमण गरेको बुझिएको छ ।

बैठकमा श्रेष्ठले विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेका थिए । पार्टीले भ्रष्टाचारीलाई बचाउन लागेको भनेपछि हंगामा भएको थियो । त्यसपछि खाना खाने समयमा श्रेष्ठमाथि आक्रमण भएको थियो ।

बैठकमा आफूलाई श्रेष्ठले भ्रष्टाचारी भनेपछि पाण्डे आक्रोशित हुँदै निस्किएका थिए । विश्वस्त स्रोतका अनुसार उनैले आक्रमणकारीलाई बोलाएका थिए ।

पाण्डेमाथि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । उनी मुद्दा भने जित्न सफल भएका थिए ।

प्रतिक्रिया