७ आश्विन २०८१, सोमबार | September 23, 2024

अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न


February 24, 2024
3.4k
Shares

काठमाडौं,१२ फागुन । अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले गत शुक्रबार एक कार्यक्रमको आयोजना गरेर वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही र एस.ओ.एस बालग्राम नेपालका पूर्व राष्ट्रिय निर्देशक श्री शंकर प्रधानाङ्गलाई सम्मानित गरेको हो ।

डा.शाहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्यान्सर रोगका लागि जनचेतना फैलाएर देशका लागि महत्वपुर्ण योगदान दिएका छन् । सामाजिक कार्यमा अग्रसर प्रधानाङ्गले लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरुको सामाजिक कार्यहरुको समेत पं्रशसा गरिएको थियो ।

ललितपुरको जावलाखेलस्थित थासाङ घरमा आयोजना गरिएको कार्यक्रममा थपिएका नयाँ सदस्यहरुलाई स्वागत गर्दै बढुवा भएका निर्देशकहरु शिला न्यौपाने र सुरज अर्याललाई पनि बधाई तथा शुभकामना दिइएको थियो । न्यौपाने उपाध्यक्षमा र अर्याल महासचिवमा बढ्वा भएका हुन् । संस्थाका अनुसार यो वर्ष ७ जना नयाँ सदस्य थपिएका छन् ।

संस्थाका अध्यक्ष भिकेएस ठकुरीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको अन्त्यमा महासचिव सुरज अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा गोपाल श्रेष्ठ,युलेन्स स्कुल काठमाडौकी प्रिन्सिपल बुनु कार्की थापा,अरुण गुरुङ लगायत अतिथिहरु थिए भने सल्लाहकार बन्दना खाँण,उपाध्यक्ष शैला न्यौपाने लगायतको सहभागिता थियो ।

प्रतिक्रिया