३१ भाद्र २०८१, सोमबार | September 17, 2024

हिन्दुराष्ट्रको अभियान रोक्न खोजे काँग्रेसभित्र विद्रोह हुने


February 22, 2024
1.5k
Shares

काठमाडौं, १० फागुन । नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको छ । गोदावरीमा भएको महासमिति बैठक कक्षको बाहिर राखिएको हस्ताक्षर अभियानमा ४२ केन्द्रीय सदस्य र ९९५ महासमिति सदस्यहरुले हस्ताक्षर गरे । यसले काँग्रेसभित्र ठूलै तरंग आएको छ ।

काँग्रेसको २३ सय महासमिति सदस्यमध्ये ४० प्रतिशतले गरेको हस्ताक्षरलाई बेवास्ता गरिएको छ । धर्मलाई राजनीतिमा घुसाउनु हुँदैन भन्नेहरु काँग्रेस नेतृत्वमा हावी देखिए । यसले भविष्यमा ठूलै विद्रोहको संकेत गरेको छ ।

काँग्रेसको हिन्दुराष्ट्र अभियानमा सक्रिय महासमिति सदस्य लोकेश ढकालले आफूहरुलाई हिन्दुराष्ट्रको मुद्दा काँग्रेसले सम्बोधन गर्दैन भन्ने थाहा भएको बताए । यति हुँदाहुँदै पनि अभियान चलाइएको छ ।

काँग्रेसभित्र हिन्दुराष्ट्रको अभियान बलियो गरी बढेकाले कुनैपनि बेला विद्रोहको सम्भावना बढेको छ । यसलाई रोक्न पूर्वमहामन्त्री डा. सशांक कोइरालालगायतले प्रयास गरिरहेका छन् । देशमा हिन्दुराष्ट्रको मुद्दा बलियो गरी बढिरहँदा नरोकिने भइसक्दा काँग्रेसले यसलाई उठाउन नचाहे अर्को शक्ति निर्माण हुने सम्भावना बन्दै गएको छ ।

प्रतिक्रिया