६ आश्विन २०८१, आइतबार | September 23, 2024

ज्यानमारा बढाउने गरी विकराल बन्दै पारिवारिक समस्या


February 21, 2024
4.8k
Shares

काठमाडौं, ९ फागुन । स्वयम्भुमा बुधबार विहानै दुई बालिका छोरी, नातिनी र पत्नीको हत्यापछि पतिले आत्महत्या गरेको घटना बाहिर आयो । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट हत्यापछि आत्महत्या भन्ने पत्ता लगाएको छ ।

स्वयम्भु घटना जस्तै धेरै घटना घटिरहेको छ पछिल्लो समय । काठमाडौंमै केही समय अघि आमा र छोरीको हत्यापछि बाबुले आत्महत्या गरेको घटना सार्वजनिक भयो ।

ललितपुरको लुभुमा २०७७ मा सप्तरीका सागर पोखरेलले पत्नी निर्मला पोखरेलको हत्या गरी आत्महत्या गरे । सोही वर्ष टोखामा सुदिक्षा गिरीले पति उमेश केसीको हत्यापछि आत्महत्या गरिन् । भक्तपुरको थिमीमा सुदिप अधिकारीले पत्नी सम्झना अधिकारी र छोरा सुशान्त अधिकारीको हत्या गरी आत्महत्या गरे ।

२०८० को मंसिरमा धनकुटामा टीकाराम गुरुङले श्रीमती भीमा गुरुङ र छोरा आयुष गुरुङको हत्यापछि आत्महत्या गरेका थिए ।

२०८० को माघको अन्तिम साता ललितपुरको महालक्ष्मी ओचु हाइटमा दुई नाबालक छोराछोरीको हत्या गरी रविना महर्जनले आत्महत्या गरिन् । घटना हुँदा रविनाका पति रवि महर्जन पसलमा गएका थिए ।

२०७६ सालमा थानकोट घर भएका विनय लामिछानेले दुई छोरा र पत्नीलाई त्रिशुलीमा हेलिन लगाए । उनी पनि त्रिशुलीमा हेलिएका थिए तर बाँचेर निस्किए । पत्नी र छोराहरुको ज्यान गयो । जथाभावी पैसा फसाएका पुरुष डिप्रेशनमा गएका थिए ।

समाजमा व्यक्तिवादी सोच, पारिवारिक संरचना कमजोर हुँदै जानुले धेरै व्यक्तिहरुलाई डिप्रेशनको शिकार बनाएको छ । अर्काको देखासिखीले पनि व्यक्तिमा तनाव बढ्न थालेको छ । जसका कारण घरायसी तथा व्यक्तिगत समस्या आई हत्यापछि आत्महत्याको घटना बढेको देखिन्छ ।

प्रतिक्रिया