४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

२६ जना चढेका थिए पाल्पामा दुर्घटनाग्रस्त जीपमा, उकालो उक्लन नसक्दा दुर्घटना


February 14, 2024
2.4k
Shares

काठमाडौं, २ फागुन । जीपमा अधिकतम अट्ने १० जना हो त्यो पनि खचाखच भरिदा । तर, पाल्पामा मंगलबार दुर्घटनामा परेको जीपमा २६ जना चढेको खुलेको छ ।

घटनामा १० जनाको मृत्यु भएको छ । जसमध्ये ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा तिनाउकी ६० वर्षकी यनकुमारी पन्त, ३९ वर्षका रामबहादुर अस्लामी, ६७ वर्षका कृष्णबहादुर अस्लामी, २८ वर्षकी उर्मिला अस्लामी, २० वर्षीया गीता सुनार, रिब्दीकोटकी ६६ वर्षीया विष्णुकला कामी, ६५ वर्षीया दिलकुमारी सुना, बुटवल उपमहानगरपालिका १४ का ७० वर्षीय चन्द्र रणपाल, ६० वर्षीया चुना रणपाल र देवदेह नगरपालिकाकी २९ वर्षीया दिलमाया जिसी छन् ।

घटनामा घाइतेमध्ये ७ जना बालबालिका छन् । जसमध्ये २ महिनाकी बालिका पनि छिन् ।

मंगलबार साँझ पौने ५ बजे तिनाउ गाउँपालिका वडा नं ६ चिदिसमा लु १ ज २३७१ नम्बरको जिप सडकबाट ३ सय मिटर तल खसेको थियो । डुम्रेबाट चिनिसतर्फ गइरहेको जिपमा अत्याधिक यात्रु थिए । जिप उकालोमा चढ्न नसक्दा पछाडि फर्किएर भीरमा झरेको थियो ।

 

प्रतिक्रिया