१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विश्लेषक रायमाझीको फेसबुक अकाउण्ट ह्याक,कुनै प्रतिक्रिया नजनाउन आग्रह


February 13, 2024
12k
Shares

काठमाडौं,१ फागुन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीको फेसबुक अकाउण्ट ह्याक भएको छ । आज एक विज्ञप्ती जारी गर्दै फेसबुक ह्याक भएको जानकारी दिएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुक अकाउण्ट ह्याकरको नियन्त्रणमा भएको भन्दै लेखक रायमाझीले सो अकाउन्टबाट आर्थिक सहयोग मागेमा वा कुनै प्रकारको विषय जोडिएर आएमा त्यसमा कुनै प्रतिक्रिया नजनाउन आग्रह गरेका छन् । उनले त्यस्ता साइबर अपराध गर्नेलाई नेपाल प्रहरीको साइबर अपराध ब्युरोले तत्काल छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेका छन् ।

उनले लेखेका छन्,“मेरा आदर्णिय मित्रहरु । मेरो नाउँबाट फेसबुक ह्याक गरेर पैसा आर्थिक सहयोग मागेको वा कुनै प्रकारको विषयवस्तु जोडिएर आयो भने त्यो मेरो नभएको जानकारी गराउँदछु । त्यस्तो साइबर अपराध गर्नेलाई कानुन बमोजिम कारबाही होस् । नेपाल प्रहरीको साइबर अपराधले ब्युरोले  facebook  ह्याक गर्नेसम्बन्धित व्यक्तिहरूलाई तत्काल छानबिन गरी कारबाही गर्नुहुन हुन विनम्र अनुरोध गर्दछु। प्रकाश रायमाझी”

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया