३ माघ २०८१, बिहिबार | January 16, 2025

आइटी माफिया विकलले नेता, कर्मचारी र न्यायाधीशलाई विदेशमा दिएका थिए घूस


February 7, 2024
1.7k
Shares

काठमाडौं, २४ माघ । आइटी माफिया विकल पौडेल यतिबेला अध्यागमनको कालो सूचीमा छन् । तर, उनी अमेरिकाको पीआर लिएर त्यहाँ आउजाउ गर्दथे ।

सिंगापुर र दुबईमा त उनको सञ्जाल नै थियो जहाँ घूसको लेनदेन गर्दथे । आइटी क्षेत्रको विभिन्न ठेक्कापट्टा खोल्ने परिस्थिति बनाएर मन्त्री, सम्बन्धित कर्मचारी र न्यायाधीशहरु समेतलाई घूस पुर्याउँथे । यतिसम्मकी अख्तियार नलागोस् भनेर तत्कालीन अख्तियारका आयुक्तलाई समेत प्रभावित पारेका थिए ।

विकलले चलखेल गरी आफ्ना विश्वासपात्रहरुको व्यवस्थापन गरेका थिए । जसमध्ये सुनिल पौडेल पनि हुन् जो शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नेपाल टेलिकमको महाप्रबन्धक बने । त्यसका लागि उनले देउवानिकटस्थलाई घूसको व्यवस्था विदेशमा गरेका थिए । यो खेलमा देउवाका साला भुषण राणा लागेका थिए ।

विकलले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पनि दुबईमा घूसको व्यवस्था गरेका थिए । बाँस्कोटा आफै त्यसका लागि दुबई पुगेका थिए ।

आइटी क्षेत्रको सबैजसो ठेक्कामा विकलकै भूमिका हुन्थ्यो । जसमध्ये इम्बोस्ड नम्बर प्लेट पनि हो ।

इम्बोस्ड नम्बर प्लेट अमेरिकी र बँगलादेशी संयुक्त कम्पनीलाई ठेक्का दिलाउन विकल लागे । यो योजनामा नेपाली भाषा नम्बर प्लेटमा हटाउने थियो । जसमा उनीहरु सफल नहुने भएपछि अदालतबाट आदेश जारी गर्न लगाए । यसका लागि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई घूस विदेशमा दिए । चोलेन्द्र र कुमार चुँडालको इजलाशले इम्बोस्ड नम्बर प्लेट जडान गराउन आदेश दियो ।

देशको आइटी क्षेत्रमा विकलले प्रभाव जमाउन विदेशी कम्पनीको अघोषित एजेन्ट पनि बनेका थिए । उनले तिनकै हितमा काम गरे । ठेक्का दिलाए । यसका लागि अरबौं कमिशनको खेल खेले ।

प्रतिक्रिया