४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नापीका कर्मचारी चढेको जीप दुर्घटनामा एकको मृत्यु


February 6, 2024
664
Shares

काठमाडौं, २३ माघ । सर्लाहीको मलंगवामा गएराति भएको दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु भएको छ । नापी कार्यालयका कर्मचारी चढेको बीआर ०६ पिडि ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको सवारी ट्याक्टरमा ठोक्किदा दुर्घटना भएको हो ।

घटनामा मृत्यु हुनेमा नापी कार्यालय मलंगवाका कार्यालय सहयोगी बिनोद घिमिरे छन् । गम्हरियास्थित चमेलिमाई मन्दिर नजिकै घटना भएको हो ।

नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना गाडीमा थिए । उनीहरु विवाह भोजमा सरिक हुन बथहथवातर्फ जाँदै थिए ।

घटनामा घाइते हुनेहरुमा वैद्यनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, दिपेन्द्र यादव, रामबाबु रायलगायत छन् ।

प्रतिक्रिया