१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाली पेनको प्रभावः डीआईजी चन्दको राजीनामा फिर्ता


February 5, 2024
7k
Shares

काठमाडौं,२२ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा प्रहरी प्रधान कार्यालय नक्सालले फिर्ता गरिदिएको छ ।

मानव स्रोत विभागमा पुगेको चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै फिर्ता पठाइदिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई १० दिन बिदामा बसेर आउन भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अध्यागमन कार्यालयका कर्मचारीमाथि हातपात गरेको घटना चर्चामा रहँदै सुरक्षा प्रमुख डिआईजी चन्दले राजीनामा दिएको विषय गत शनिबार बाहिर आएको थियो ।

सोही विषयमा नेपाली पेनले ‘मानव तस्करको तारोमा प्रहरी : प्रकाश रायमाझी शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त लेखमार्फत डिआईजी चन्दको पक्षमा राजनीतिक विश्लेषक रायमाझीले विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीहरू कमाउ धन्दामा लागेको टिप्पणी गर्दै अपराध रोक्न खोज्ने प्रहरीहरू आँखाको तारो बन्ने गरेको उल्लेख गरेका थिए ।

व्यक्तिगत कारणले राजीनामा दिएको भनिएपनि विमास्थल सुरक्षामा खटिएको प्रहरीको भूमिकामाथि प्रश्न उठाइरहँदा चन्दले निर्णय लिएका हुन् । चन्दको कार्यकाल अझै १४ महिना रहेको छ । उनी आइजीवी वसन्त कुँवरका ब्याचका हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया