२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रहरी जवान नेपालीले पत्नी र छोराको किन गरे हत्या


February 4, 2024
1.7k
Shares

दाङ, २१ माघ । दाङमा प्रहरी जवानले पत्नी र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत पिपलाल नेपालीले गएराति होटलमा दुवैको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार जवान नेपालीले हत्यापछि जिल्ला प्रहरी कार्यालय दाङ पुगेर आत्मसमर्पण गरेका थिए ।

पिपलालका श्रीमती टीका विक र छोरा सुशान्त नेपाली दाङमा होटलमा बास बसेका थिए । उनीहरुलाई पिपलालले बोलाएका थिए । दुवैको घाँटीमा सलले कसेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

विश्वस्त स्रोतका अनुसार पिपलाल पत्नीसँग असन्तुष्ट थिए । हत्याको कारणबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया