त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डिआइजी चन्दले किन दिए राजीनामा

काठमाडौं, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अध्यागमन कार्यालयका कर्मचारीमाथि हातपात गरेको घटना चर्चामा रहँदा सुरक्षा प्रमुखले नै राजीनामा दिएका छन् । नेपाल प्रहरीबाट विमानस्थल सुरक्षा कार्यालयका प्रमुखका रुपमा खटिएका डिआइजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् ।
व्यक्तिगत कारणले राजीनामा दिएको भनिएपनि विमास्थल सुरक्षामा खटिएको प्रहरीको भूमिकामाथि प्रश्न उठाइरहँदा चन्दले निर्णय लिएका हुन् ।
चन्दको कार्यकाल अझै १४ महिना रहेको छ । उनी आइजीवी वसन्त कुँवरका ब्याचका हुन् ।