२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भारतका विदेशमन्त्री जयशंकरसँग नेपाली सांसदको टोलीको भेट


February 2, 2024
581
Shares

नयाँ दिल्ली, १९ माघ । भारतका विदेशमन्त्री एस जयशंकरसँग नेपाली सांसदहरुको टोलीले भेटवार्ता गरेको छ । शुक्रबार नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भएको भेटमा दुई देशबीचको गहिरो सम्बन्ध र निकटताबारे छलफल भएको छ ।

संसदको अन्तर्राष्ट्रिय समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले गरेको भेटका क्रममा दुई देशबीच बलियो सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे छलफल भएको भारतका विदेशमन्त्री जयशंकरले ट्वीट गरेका छन् ।

नेपाली सांसदहरुको टोलीले भारतमा रहँदा महत्वपूर्ण भेटवार्ताहरु गरिरहेको छ ।

प्रतिक्रिया