७ आश्विन २०८१, सोमबार | September 23, 2024

चीनमा जनसंख्या लगातार घट्यो, युवालाई विवाह गर्न अपिल


January 17, 2024
664
Shares

एजेन्सी, ३ माघ । चीनमा जनसंख्या घट्दै गएको छ । २०२२ देखि जनसंख्याको घट्दो दर देखिएको हो । यो क्रम २०२३ मा पनि निरन्तर रह्यो ।

चीनको जनसंख्या सन् २०२३ मा १ अर्ब ४० करोड ९० लाख रहेको तथ्यांक बुधबार सार्वजनि भएको छ । ६० वर्ष पछि चीनमा जनसंख्या घटिरहेको छ ।

चीनमा विवाहप्रति नयाँ पीढीमा उत्साह नदेखिनु र जन्मदर घट्नुले पनि जनसंख्या घटाएको उल्लेख छ ।

चीनमा विगतमा एक सन्तान मात्रलाई एकजोडीले जन्मदिन पाउने कानून थियो । एक भन्दा बढी बच्चा जन्माउनेलाई कारबाही गरिन्थ्यो । सी चिनफिङ राष्ट्रपति भएपछि बच्चा दुईवटा सम्म जन्माउन पाउने गरी खुकुलो व्यवस्था गरियो ।

पछिल्लो समय प्रतिवर्ष २ प्रतिशतका दरले जनसंख्या घट्न थालेपछि चीनका राष्ट्रपति सीले युवायुवतीलाई विवाह गर्न अपिल गरेका छन् । उनले हालैमात्र महिलाहरुलाई विवाहका लागि अपिल गर्दै सम्बोधन समेत गरे ।

चीनलाई उछिन्दै भारत विश्वको सर्वाधिक जनसंख्या भएको देश बनेको छ । विश्वमा जनसंख्यालाई ठूलो शक्तिका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया