३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कृषि विकास बैंकले घटायो ब्याजदर


January 16, 2024
664
Shares

काठमाडौं,२ माघ । कृषि विकास बैंकले माघ १ गते देखि लागु हुने गरी एक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न खाताको ब्याजदर घटाएको हो ।

माघ महिनाको लागि जारी भएको नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ५।७५० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

रेमिट्यान्स खातामा भने ६.७६० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि पुसमा बैंकले ४.५० प्रतिशतदेख ६.५० प्रतिशत र रेमिट्यान्समा ७.५० प्रतिशत ब्याजदर दिँदै आएको थियो ।

यस्तै,बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ। रेमिट्यान्स मुद्दतीमा भने ८.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०१२ प्रतिशत, व्यक्तिगततर्फ ९।०१२ प्रतिशत र रेमिट्यान्समा १०.०१२ प्रतिशत ब्याजदर तोकेको थियो ।

कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया