१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल बैंक लिमिटेडको ६४औँ साधारण सभा सम्पन्न


January 15, 2024
249
Shares

काठमाडौं,१ माघ । नेपाल बैंक लिमिटेडले ६४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीले बताउनुुभयो ।

त्यसैगरी, साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात पनि पारित गरेको छ ।

डा.अधिकारीका अनुसार सभाले महालेखापरीक्षकको कार्यालयबाट पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्न ३ जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति प्रस्तावसमेत सर्वसम्मत रूपमा पारित गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया