नागरिक उन्मुक्तिको नेतृत्वमा रेशम चौधरी

काठमाडौं, २७ पुस । लामो जेलजीवनपछि रिहा भएका रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष भएका छन् । कैलालीको टीकापुरमा भएको अधिवेशनले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
चौधरी जेलमा बस्दा नागरिक उन्मुक्ति गठन भएको थियो । त्यसको नेतृत्व उनकी पत्नी रञ्जना श्रेष्ठले गरेकी थिइन् । उनी बहालवाला मन्त्री हुन् ।
२०७२ सालमा प्रहरी अधिकृतहरुसहित ८ जना मारिएको घटनामा अदालतले रेशम चौधरीलाई दोषी ठहर गरेको थियो । तर, राजनीतिक सहमति बनाएर उनलाई सरकारले रिहा गर्ने निर्णय लिएको थियो ।