यी हुन् राष्ट्रियसभाका ५२ उम्मेदवार (सूचीसहित)

काठमाडौं, २३ पुस । राष्ट्रियसभाको रिक्त १९ सिटका लागि ५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार सत्ता गठबन्धनबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एसले उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी र जनमत पार्टीले पनि उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनको मत यताउता नभए १९ सिटमै उनीहरुका उम्मेदवार विजयी बन्नेछन् ।