५ माघ २०८१, शनिबार | January 18, 2025

राष्ट्रियसभाको १९ सिटमा कस्को सम्भावना कति


January 7, 2024
249
Shares

काठमाडौं, २२ पुस । राष्ट्रियसभाको १९ रिक्त सिटका लागि ११ माघमा हुने निर्वाचनमा सत्ता गठबन्धनबीच भागवण्डा मिलेको छ । सिट बाँडफाँटमा नेपाली काँग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने सहमति बनेको हो ।

काँग्रेस र माओवादी केन्द्रले ११ सिट छाडेर नेकपा एस र जसपालाई दिनुपर्ने विषय पनि उठिरहेको छ । जनमत पार्टी र नागरिक उन्मुक्तिले पनि सिट दाबी छाडेका छैनन् ।
सात प्रदेशमध्ये कोशीमा २, मधेशमा २, बागमतीमा ४, गण्डकीमा ३, लुम्बिनीमा २, कर्णालीमा ३ र सुदुरपश्चिममा ३ सिटका लागि निर्वाचन हुँदैछ ।

२० फागुनमा राष्ट्रिय सभामा २० सांसदको पदावधि सकिदैछ । जसमा एकजना एमालेका मनोनित छन् भने निर्वाचितमा एमालेका ८, काँग्रेसका ४, माओवादीका ३, नेकपा एसका २, जसपाका १ र स्वतन्त्र १ गरी २० सांसदको पदावधि सकिन लागेको हो ।

राष्ट्रियसभामा एमालेलाई पनि भाग दिनेबारे छलफल चलेको थियो । एमालेले ६ सिट मागेको थियो । तर, काँग्रेस, नेकपा एसलगायत गठबन्धनका अधिकांश दलहरु एमालेलाई सिट बाँड्न तयार भएनन् ।

सत्ता गठबन्धन मिलेर चुनावमा सहभागी भएमा सबै सिटमा जित्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा एमालेको ९ सिट गुम्नेछ । एमालेको राष्ट्रिय सभामा सबैभन्दा ठूलो दलको हैसियत पनि समाप्त हुनेछ ।

प्रतिक्रिया