प्रधानमन्त्री प्रचण्ड र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार मध्यान्हमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा परराष्ट्रसचिव सेवा लम्साल, भारतीय राजदूत नविन श्रीवास्तव पनि सहभागी थिए । नेपाल भ्रमणमा आएकै दिन जयशंकरले महत्वपूर्ण भेटहरु गरेका छन् ।