१६ असार २०८३, मंगलबार | June 30, 2026

देवघाटमा स्कुटर भेटियो, बन्दीपुरकी स्टाफ नर्स अध्ययनरत युवती दुई दिनदेखि बेपत्ता


1.1k
Shares

नवलपुर । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थायी घर भई हाल नवलपुरको गैँडाकोट नगरपालिका–२ मा डेरा गरी स्टाफ नर्स अध्ययन गर्दै आएकी २८ वर्षीया सन्तोषी श्रेष्ठ दुई दिनदेखि सम्पर्कविहीन भएकी छन्।

परिवारका अनुसार श्रेष्ठ गत असार १४ गते साँझदेखि बेपत्ता भएकी हुन्। त्यसयता उनी परिवार, आफन्त तथा चिनेजानेका कसैसँग पनि सम्पर्कमा आएकी छैनन्।

उनले प्रयोग गर्दै आएको बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर भने देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको छ। स्कुटर भेटिए पनि श्रेष्ठको अवस्था र उनी कहाँ रहेको भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

घटनापछि परिवारले प्रहरीसमक्ष खोजीका लागि अनुरोध गरेको छ। साथै, श्रेष्ठको खोजीमा सहयोग गरिदिन सबैमा अपिल गरिएको छ।

उहाँलाई कतै देख्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारले उपलब्ध गराएको सम्पर्क नम्बर 9855059853 मा तत्काल जानकारी गराइदिन परिवारले आग्रह गरेको छ।

प्रतिक्रिया