३ आश्विन २०८१, बिहिबार | September 20, 2024

रायमाझीको प्रश्न : गृहमन्त्रीको ठाडो आदेशमा गोली हानेर प्रहरीलाई दोष ?


December 30, 2023
9.2k
Shares

प्रकाश रायमाझी । प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि देशमा शान्ति सुरक्षाको अवस्था दिनप्रतिदिन खस्कदै गएको छ । शान्तिपूर्ण भेला हुन पाउने जनताको नैसर्गिक अधिकारबाट वञ्चित गरिएको छ ‌।

राज्यद्वारा हत्या गरिएको घटनामा नागरिकले रुन र विरोध गर्न समेत पाएका छैनन् । मानव अधिकारको गम्भीर उल्लंघन हुँदा पनि मानव अधिकारका दुहाइदिने शक्ति राष्ट्रहरू तमासा हेरिरहेका छन्। गृहमन्त्रीको ठाडो आदेशमा गोली हानिन्छ तर कारबाही गर्ने नाउँमा सुरक्षाकर्मीमाथि दोषारोपण गरिन्छ । यो आतंककारी सरकारको द्वैध क्रियाकलापलाई प्रहरी प्रशासनले पनि किन बुझिरहेको छैन् ? प्रचण्डपथको प्रहरी हो कि ??

नेपालको प्रहरी ?? सुरक्षाकर्मीहरूले पनि अत्यन्त संवेदनशील भएर कर्म क्षेत्रमा उत्रनुपर्छ । आफ्ना दाजुभाईलाई हत्या गर्ने प्रचण्डपथ हिजो के थियो अहिले के गर्दैछ छ बुझ्नु जरुरी छ । जनधनको सुरक्षा गर्नुपर्ने राज्यले निर्दोष र निरअपराध मान्छेहरुलाई गोली ठोक्न आदेश दिँदा सुरक्षाकर्मीले पनि सिरोधार्य गर्ने होइन यो बुझ्नु जरुरी छ ।

अन्यथा देश गृहयुद्धको भुमरीमा पुग्दैछ। दलालहरू होसियार । देशभक्त नागरिकहरू जागिसकेका छन् ।  रायमाझी लेखक तथा राजनीतिक विश्लेषक हुन् ।

प्रतिक्रिया