६ आश्विन २०८१, आइतबार | September 22, 2024

प्रचण्ड आफ्नै छोरीको नाम जोडिएको विषयमा किन बोल्दैनन् ?


December 27, 2023
2.9k
Shares

काठमाडौं,११ पुस । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक वर्षे कार्याकालमा कतै न कतै चुकेको टिप्पणी गरेका छन् ।

सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले बुधबार गरेका ‘राष्ट्रका नाममा सम्बोधन’बारे टिप्पणी गर्दै रायमाझीले यस्तो बताएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारले सुनाएका उपलब्धिहरु १ वर्षभित्रको नभई प्रक्रियागत भएको उनको भनाई छ । एक टेलिभिजनको कार्यक्रममा पत्रकारसँगै कुरा गर्दै रायमाझीले भने,‘१५ अर्बको विद्युत निर्यात गरे भन्नुभाछ, यो त प्रक्रियागत कुरा हो,त्यो उहाँको एक वर्षे कार्यकालको उपलब्धी होइन् ।’

सम्बोधनको क्रममा ८० वर्षसम्म हुन नसकेको काम ०८० सालमा आफुले गरेको बताएका प्रधानमन्त्री प्रचण्डको भनाईबारे रायमाझीले भने,‘त्यो आफैमा लज्जा हो । प्रचण्डजी प्रति सारा नेपालीको ठुलो अपेक्षा थिए, क्रान्तिको नेतृत्व गरेर आएको मान्छे, क्रान्ति नायक भनेको, उहाँ त सामन्ती भएर पो निस्कनुभयो ।’

प्रधानमन्त्री प्रचण्डकी नातिनीको केही दिन अघि सम्पन्न बिहेको विषयमा टिप्पणी गर्दै लेखक समेत रहेका रायमाझीले भने ‘१७ हजार भन्दा बढी मान्छेको रगतको आहलमा डुबेको प्रचण्डजी नातिनीको बिहेको लागि गोकर्ण रिसोर्ट पुग्ने अवस्थामा पुग्नुभयो । आम नेपालीले कुशल नेतृत्व खोजेका थिए, त्यसकारण उहाँलाई विचारको शुन्यता र जनतालाई फेरी पनि भुलभुलैयामा राखेर गठबन्धनको नाममा घुम्दै जाने रणनीति हो ।’

रायमाझीले प्रचण्डसहितले २०५२ सालमा आन्दोलन सुरु गरेपनि ०५८ सालदेखि उनीहरु सत्ताको केन्द्रविन्दुमै रहेको उल्लेख गरे । उनले भने,‘०६२÷६३ सालदेखि त उहाँहरु मुख्य केन्द्रबिन्दुमा नै हुनुहुन्छ । पटक–पटक नेतृत्व गर्दै अहिले त गठबन्धन नाममा नेतृत्व गरिराख्नु भएको छ ।’

प्रधानमन्त्री प्रचण्ड आफैलाई पनि जनअपेक्षा अनुसार काम गर्न नसकेकोमा आत्मग्लानी हुनुपर्ने उनको तर्क थियो । प्रचण्ड नेतृत्वको सरकारले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान सुरु गरेपनि टुंगोमा नपुराएको उनको बुझाइ छ । हाइप्रोफाइलका नेताहरु र तिनका परिवारलाई सुरक्षित राखेको आरोप लगाउँदै उनले भने,‘प्रचण्डको छोरी र शेरबहादुर देउवाकी पत्निको नाम जोडिएको छ, उनीहरुलाई अनुसन्धान प्रक्रियामा ल्याउन पर्दैन्, एउटा निर्दोषलाई फसाएर विषयवस्तु अन्यत्र मोडिन्छ, त्यसैले हाइप्रोफाइल लाई कारबाही गरेको भन्न मिल्दैन, यो एउटा फितलो अनुसन्धान हो ।’

प्रतिक्रिया