३१ भाद्र २०८१, सोमबार | September 17, 2024

शीर्ष नेताहरुबाटै राष्ट्रिय सुरक्षामा थ्रेट


December 21, 2023
747
Shares

समाचार विश्लेषण । राष्ट्रिय सुरक्षामा कुनैपनि देशको धर्म, संस्कृति, मूल्य मान्यताको जर्गेना पदि पर्दछ । त्यसमाथि चुनौती आइपरेमा सुरक्षामा पनि चुनौती बढ्न सक्छ । तर, नेपाल त्यस्तो देश हो जहाँ बहालवाला प्रधानमन्त्री देखि पूर्वप्रधानमन्त्रीहरु धर्म संस्कृतिका अलावा मूल्य मान्यतामाथि नियोजित प्रहार गरिरहेका छन् । यसले कुनैपनि बेला देशमा हिंसाको खतरा बढ्दै गएको छ ।

प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल , नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई धर्मनीरपेक्षताको सबैभन्दा ठूला पक्षधर मानिएका छन् । उनीहरुले संविधानमा जे जसरी धर्मनीरपेक्षताको व्याख्या गरिएको छ त्यसको विपरितका अभिव्यक्ति दिइरहेका छन् । हिन्दु, बौद्धलगायत नेपालमा पौराणिक कालदेखि चलिआएको धर्ममाथि प्रहार गर्दै फैलन खोजेका धर्महरुको पृष्ठपोषण गरिरहेका छन् ।

संस्कृतिमन्त्रीमा सुदन किराँतीको नियुक्ति योजनावद्ध थियो भन्ने उनको अभिव्यक्तिले प्रष्ट पारिसकेको छ । किराँतीले क्रिश्चियन नमान्नेलाई देशद्रोही भन्दै जेल हाल्ने धम्की दिए । पशुपति विकास कोषमा प्रचण्ड सरकारको क्याबिनेटले गरेका नियुक्तिहरु शंकास्पद छन् । हिन्दु धर्मविरोधी गतिविधिमा संलग्नहरु कोषमा नियुक्ति पाएपछि तरंग नै आएको छ ।

ओलीले त हिन्दु धर्म विरोधी गतिविधिलाई बढावा दिएका छन् । उनी मन्दिर त जान्छन् तर त्यसका विरोधीहरुलाई प्रश्रय दिन्छन् । माधवकुमार नेपाल त होली वाइनसँग जोडिएका छन् । बाबुराम भट्टराई त हिन्दु नाम सुन्न पनि चाहँदैनन् । उल्लेखित नेताहरु धर्म, संस्कृतिमाथि प्रहार गर्ने गतिविधि गरिरहेका छन् । तुलनात्मक रुपमा ओली हिन्दु धर्मप्रति केही लचिलो भएपनि उनी धर्मलाई अफिम भन्न सिद्धान्त मान्छन् ।

देशमा ८१ प्रतिशत हिन्दु र १२ प्रतिशत बौद्ध र प्रकृति धर्म मान्नेहरु छन् । यी सबैको आस्थामाथि प्रहार गर्ने गतिविधि पूर्वप्रधानमन्त्री भइसकेकाबाट भएको छ । उनीहरु हिन्दुहरुको एकता हुन नदिन लागिपरेका छन् । हिन्दु धर्ममाथि योजनावद्ध प्रहार गरिरहेका समूहहरु उनीहरुको दलमा घूसपैठ गरेर बलियो बनेका छन् । तसर्थ ती दलका नेताको गतिविधि देशमा सनातन देखि मानिआएको धर्मविरुद्ध छ ।

एनसेल प्रकरण माफियाराजको नमूना हो । दशौं अर्बको कर छल्दा राज्य चलाउनेहरु जानकारी छैन भनी पन्छन्छन् । उल्टै घटना सामसुम पार्ने योजनामा जुट्छन् । प्रधानमन्त्री प्रचण्ड संसदको समितिमा आएर माफियासँग ओली र देउवाको पनि उठबस रहेको खुलासा गर्छन् । देशलाई डुबाउने र आर्थिक ठगी गर्ने यो गतिविधिमा शीर्ष नेता नै संलग्न रहेको खुलासा एकजना सांसद अमरेश सिंहले गर्छन् । देशको सुरक्षामा त खतरा शीर्ष नेता नै देखिए । यो चोरलाई चाबी दिए जस्तो भयो ।

यसैगरी देशमा सुरक्षा खतरा बढाइरहेको छ । यसकारण पनि शीर्ष नेताहरुबाटै राष्ट्रिय सुरक्षामा खतरा बढिरहेको छ ।

प्रतिक्रिया