५ माघ २०८१, शनिबार | January 18, 2025

प्रचण्ड-देउवा एलाइन्स यसकारण टुटाउन चाहन्छन् शेखर


December 13, 2023
1.2k
Shares

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसभित्र विवाद फैलदै गएको छ । सभापति शेरबहादुर देउवाको पकड बलियो भएकाले उनको चाहना अनुसार पार्टी चलिरहेको छ । देउवा जे भन्छन् काँग्रेसमा त्यही हुन्छ । परिणामस्वरुप प्रचण्ड र माधवकुमार नेपालसँग देउवाकै चाहनामा एलाइन्स भयो चुनावमा ।

चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बन्न असहयोग गर्ने अवस्था बनेपछि ओलीसँग एलाइन्स गरे । तर, प्रचण्ड फेरि देउवासँगै जोडिए । यो गठबन्धन १० महिना पूरा हुँदैछ ।

देउवा विरोधी संस्थापनइतर समूहका डा. शेखर कोइराला प्रचण्डसँगको गठबन्धनप्रति असन्तुष्ट छन् । उनले कोशी प्रदेशमा विद्रोह गरेर देउवालाई झड्का दिइसकेका छन् । त्यहाँ नेकपा एमालेसँग एलाइन्स भएको थियो शेखर पक्षको ।

एमालेको ओली समूह शेखर समूहलाई बल दिइरहेको छ । शेखरका विश्वासपात्र सुनिल शर्मा खुलेरै देउवा र प्रचण्डको विरोधमा उत्रिएका छन् । उनको ओलीसँग निकटता देखिएको छ । ओली पक्षधरले पनि उनको पक्षमा बोलिरहेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

कुनैपनि बेला प्रचण्डलाई सत्ताबाट हटाउन शेखर मौका कुरिरहेका छन् । तर, शक्ति पुगेको छैन । उनले बुधबार आफ्नो पक्षको भेला गरे । भेलामा महामन्त्री गगन थापा पनि थिए । थापाले शेखरलाई संसदीय दलको नेतामा बढ्न प्रस्ताव गरेका छन् । देउवाविरुद्ध शेखरलाई बढाउने रणनीतिका रुपमा यसलाई हेरिएको छ ।

शेखर देउवालाई कमजोर बनाउन पनि प्रचण्डसँगको एलाइन्स टुटाउन चाहन्छन् । यसका लागि उनले कुनैपनि समय विद्रोह गर्ने चेतावनी दिदै आएका छन् ।

गठबन्धनभित्र म्युजिक चियर शैलीमा प्रचण्ड, माधव नेपाल अनि देउवा प्रधानमन्त्री बन्ने भद्र सहमति छ । यसको अर्थ अबको एक वर्षपछि माधव नेपाल प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने तय गरेका छन् । अबको ४ वर्ष सत्तामा यी तीनबाहेक नरहने अवस्था रहनसक्छ । ओलीको दल एमाले अझै ४ वर्ष सत्ताबाहिर बस्नुपर्ने निश्चित जस्तै छ । यसलाई टुटाउन पनि ओलीले शेखरलाई ऊर्जा दिइरहेका छन् ।

प्रतिक्रिया