९ श्रावण २०८१, बुधबार | July 24, 2024

पोखराबाट चोरेको बससहित चितवनबाट पक्राउ परे किशोर


December 11, 2023
0
Shares

काठमाडौं,२५ मंसिर । पोखराबाट बस चोरेरे चितवनतर्फ लैजाने क्रममा एक किशोर पक्राउ परेका छन् । पोखरामा पार्किङमा रोकि राखेको ग १ ख ९६३८ नम्बरको बस शुक्रबार राति चोरी गरेका किशोरलाई प्रहरीले चेकजाँचका क्रममा प्रहरीले नियन्त्रण लिएको हो ।

शुक्रबार राति चितवनको भरतपुर–११ आँपटारीबाट बससहित १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । किशोरको घर तनहुँकै म्याग्दे गाउँपालिका हो ।

किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीमा चोरी तथा डाँकासम्बन्धि अनुसन्धान अघि बढाइएको बुझिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया