३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता


December 3, 2023
83
Shares

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्केका छन् । प्रधानमन्त्री दाहाल दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर आईतवार अपरान्ह स्वदेश फर्केका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।

सम्मेलनमा उनले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल गत मंसिर १३ गते सो सम्मेलनमा लिन दुबई प्रस्थान गरेका थिए ।

 

प्रतिक्रिया