तीन महिनामा ३ खर्ब ६५ अर्ब कहाँबाट आयो

काठमाडौं, २४ कात्तिक । देशमा तीन महिनामा किर्तिमानी ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको छ । साउन, भदौ र असोजमा यो रकम विभिन्न देशमा वैदेशिक रोजगारीमा गएकाबाट औपचारिक बाटोबाट भित्रिएको हो ।
वैदेशिक रोजगारीमा जानेमध्ये भारत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, मलेशिया जस्ता मुलुकबाट बढी रकम भित्रिएको हो । यसबाहेक इजरायल, कोरिया, जापान जस्ता देशबाट पनि रकम भित्रिएका छन् ।
रोचक त यो छ कि अमेरिका, अष्ट्रेलिया, जापान, यूरोप जस्ता देशमा अध्ययनका लागि जानेले ३३ अर्ब यही तीन महिनामा बाहिर लगेका छन् । पछिल्लो समय विदेश जाने युवाहरुको संख्या निकै बढेको छ ।