४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्ने को को


November 5, 2023
0
Shares

काठमाडौं, १९ कात्तिक । भूकम्प पीडितका लागि नेपाल सरकार, प्रतिष्ठित संघसंस्था, व्यक्तिहरु, मित्रराष्ट्रहरुले सहयोगको घोषणा गरिरहेका छन् । घटनाप्रति देशभित्र र बाहिरबाट दुःख व्यक्त गरिएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पमा भएको जनधनको क्षतिले मर्माहत भएको बताएका छन् । उनले शनिबार ट्वीट गर्दै हरसम्भव सहयोगका लागि तयार भएको समेत बताए । भारतले नेपालस्थिति राजदूतावासबाट राहत सामाग्री उपलब्ध गराउने बुझिएको छ ।

चीनले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्यांकेटसहित लगभग १० करोड नेपाली रुपैयाँ सामाग्रीहरु प्रदान गर्ने राजदूत चेन सोङले घोषणा गरेका छन् । यी सामाग्री सोमबारसम्म आइपुग्ने र थप सहायताहरु बाटोमा रहेको जनाइएको छ ।

भाटभटेनीका संचालक मिनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार सहयोग घोषणा गरेका छन् । उनी केही समयअघि मात्र थुनामुक्त भएका हुन् ।

नेकपा एमालेले १ करोड, नेपाली काँग्रेसले ५० लाख, बुद्ध एयरले १ करोड, राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख, अर्ना वियरले २५ लाख, एनसेलले ५० लाख, नेविसंघले ७ लाख ११ हजार, एनआरआनका बद्री केसीले १० लाख, एनआरएन जापानले १५ लाख, एनआरएनका ओम शर्माले २१ लाख सहयोगको घोषणा गरेका छन् ।

सरकारले जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद कोष प्रत्येकमा ५-५ करोड रकम जम्मा गरिदिने निर्णय गरेको छ ।

चौधरी ग्रुपका बिनोद चौधरीले कुनै सहयोग घोषणा गरेका छैनन् । उनले मात्र चौधरी फाउण्डेसनको टिम जाजरकोट पुगेर खाद्यान्न वितरण गरेको मात्र भनेका छन् ।

प्रतिक्रिया