कांग्रेस नेता बरालद्धारा भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले विपतको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्वार तथा राहतको काममा जुट्न सम्बन्धित सबैलाई अपिल गरेका छन् ।
पूर्वराजा शाहले भूकम्पमा परी जीवन गुमाएका सबैप्रति श्रद्धाभाव प्रकट गर्दै तिनका परिवाजनप्रति गहिरो सहानुभूति र समवेदना प्रकट गरेका छन् । उनले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।