८ आश्विन २०८१, मंगलबार | September 24, 2024

कात्तिक १९ बाट प्रहरी इन्स्पेक्टर र असईका लागि दरखास्त दर्ता हुने


November 3, 2023
830
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, १७ कात्तिक । नेपाल प्रहरीमा इन्स्पेक्टर र असई पदका लागि कात्तिक १९ बाट दरखास्त दर्ता सुरु हुँदैछ । आइतबारबाट दरखास्त दर्ताका लागि प्रहरीले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

प्रहरीमा ९६ इन्स्पेक्टर र २६० असईका लागि भर्ना खुलेको हो । त्यसका लागि दर्ता १९ कात्तिकबाट सुरु भई २९ मंसिरमा समय सकिनेछ ।

दरखास्त दर्ता गर्न इन्स्पेक्टरका लागि १२ सय र असई पदका लागि ५०० राजश्वर बुझाउनुपर्ने जनाइएको छ । इन्स्पेक्टरका लागि अनलाइनमार्फत् पनि दरखास्त दर्ता गर्न सकिने भएको छ । असई पदका लागि सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दर्ता गर्न सकिनेछ ।

हरेक वर्ष खुल्ने प्रहरी इन्स्पेक्टर र असई पदमा दशौं हजारले दरखास्त दिने गरेका छन् । प्रहरीमा भर्ना हुने अग्रिम तयारीसहित हजारौं युवाहरु लागिपरेका छन् ।

प्रहरीको इन्स्पेक्टर निकै आकर्षक मानिएको पद हो । असईमा पनि उल्लेख्य संख्यामा आवेदन दिनेहरु रहेका हुन्छन् ।

प्रतिक्रिया