२१ असार २०८३, आइतबार | July 5, 2026

रास्कोटमा पहिलो पटक आधुनिक मेसिनबाट सडकको गुणस्तर परीक्षण


3k
Shares

रास्कोट, कालिकोट । रास्कोट नगरपालिका अन्तर्गत भातडी–बार्खरकोट तथा पाटेडिल हुँदै देउरामालिका सडक खण्डमा पहिलो पटक आधुनिक कोर कटिङ (Core Cutting) तथा स्प्लिट ह्यामर (Split Hammer) मेसिनमार्फत सडकको गुणस्तर परीक्षण गरिएको छ।

उक्त परीक्षण जुम्ला सडक डिभिजन कार्यालयको प्राविधिक टोलीको उपस्थितिमा सम्पन्न भएको हो। परीक्षणले निर्माणाधीन सडकको गुणस्तर प्राविधिक मापदण्डअनुसार रहेको वा नरहेको मूल्याङ्कन गर्न सहयोग पुग्ने जनाइएको छ।

The Karnali Creepar JV (रास्कोट) २०८२ र ०८३ को ठेक्काअन्तर्गत निर्माण कार्य भइरहेको उक्त सडकमा सब–कन्ट्र्याक्टर आविष्कार निर्माण सेवाले काम गरिरहेको छ। निर्माण सेवाका सुपरभाइजर सुरेश शाही तथा सब–कन्ट्र्याक्टर आविष्कार निर्माण सेवाका मेनेजिङ डाइरेक्टर अलीबहादुर शाहीले सडकको गुणस्तर सुनिश्चित गर्न आधुनिक प्रविधिबाट परीक्षण गरिएको जानकारी दिएका छन्।

यसैगरी, परीक्षणमा संलग्न इन्जिनियरसहितको प्राविधिक टोलीले गुणस्तर परीक्षण प्रक्रियाबारे आवश्यक जानकारी प्रदान गरेको थियो। रास्कोट नगरपालिकामा पहिलो पटक यस्तो आधुनिक प्रविधिको प्रयोग गरी सडक परीक्षण गरिएको भन्दै स्थानीयवासीले समेत यसलाई सकारात्मक रूपमा लिएका छन्।

सम्बन्धित निकाय, जुम्ला सडक डिभिजन कार्यालय, प्राविधिक टोली तथा निर्माणमा संलग्न सबै प्रति स्थानीयले आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया