२१ असार २०८३, आइतबार | July 5, 2026

पर्यटन क्षेत्रमा नयाँ अवधारणासहित एसभी होलिडेज नेपालको सेवा विस्तार


1.7k
Shares

काठमाडौं, असार २१। पर्यटन क्षेत्रमा गुणस्तरीय, पारदर्शी र विश्वसनीय सेवा प्रदान गर्ने उद्देश्यका साथ एसभी होलिडेज नेपालले आफ्नो सेवा औपचारिक रूपमा विस्तार गरेको छ। नेपाल, भारत र थाइल्याण्डमा कार्यालय स्थापना गर्दै कम्पनीले स्वदेशी तथा विदेशी पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो पर्यटन सेवा उपलब्ध गराउने जनाएको छ।

कम्पनीका सञ्चालक संजीब गुरुङ, विजयकुमार पाण्डे र प्रकाशराज पन्तका अनुसार यात्रुहरूको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै प्रतिस्पर्धी दरमा हवाई टिकट, विदेश भ्रमणका आकर्षक तथा किफायती टुर प्याकेज, होटल बुकिङ, यात्रा परामर्शलगायतका सेवा उपलब्ध गराइनेछ।

कम्पनीले पर्यटन व्यवसायमा देखिने असहजता, भ्रम र अनावश्यक ठगीका घटनालाई न्यूनीकरण गर्दै पारदर्शी सेवा प्रणालीमार्फत यात्रुलाई सुरक्षित र विश्वसनीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। ग्राहकको विश्वासलाई पहिलो प्राथमिकतामा राखेर अन्यभन्दा फरक शैलीमा सेवा प्रवाह गरिने कम्पनीको दाबी छ।

एसभी होलिडेज नेपालले विभिन्न गन्तव्यमा बहुभाषिक दक्ष पर्यटक गाइडमार्फत पर्यटकलाई स्थानीय संस्कृति, इतिहास, सम्पदा र पर्यटकीय आकर्षणबारे विस्तृत जानकारी प्रदान गर्ने व्यवस्था मिलाएको जनाएको छ। यसबाट यात्रुहरूले गन्तव्यलाई अझ नजिकबाट बुझ्ने र व्यवस्थित यात्रा अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार पर्यटन व्यवसायलाई केवल व्यावसायिक कारोबारमा सीमित नराखी सेवा, विश्वास र दीर्घकालीन सम्बन्धको आधारमा अघि बढाइनेछ। आधुनिक सोच, व्यावसायिक दक्षता र सेवाप्रतिको प्रतिबद्धतासहित एसभी होलिडेज नेपालले नेपालको पर्यटन क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया