८ आश्विन २०८१, मंगलबार | September 24, 2024

हिन्दु स्वयंसेवक संघ नेपालको रङ्गेलीमा प्राथमिक शिक्षावर्ग


October 20, 2023
0
Shares

काठमाडौं, ३ कात्तिक । हिन्दु स्वयंसेवक संघ नेपालको देशव्यापी प्राथमिक शिक्षावर्ग धमाधम बढिरहेको छ । हजारौं युवाहरुले मानसकि एवं शारीरिक अभ्यासका साथै जीवनोपयोगी शिक्षा र संस्कार सिक्ने शिक्षावर्गमा आकर्षण झन् बढेको छ ।

बिहिबार कोशी संभागले मोरङ्गको रङ्गेलीमा शिक्षावर्ग सम्पन्न गरेको छ । श्री पब्लिक माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न शिक्षावर्गमा रङ्गेलीका मेयर दिलीप अग्रवाल, संघका संभाग संघचालक सियाराम रौनियार, राष्ट्रिय प्रचार वेद प्रकाश, जनजाति कल्याण आश्रमका प्रेम थुलुङ, सर्वव्यवस्था प्रमुख पर्शुराम बह्राचार्य एवं बर्गाधिकारी महेन्द्र सेठ समापन समारोहमा उपस्थित थिए ।

हिन्दू स्यंसेवक संघले देशका विभिन्न क्षेत्रमा प्राथमिक वर्ग सञ्चालन गर्दै आएको छ । प्राथमिक वर्गमा हजारौं सहभागी भइसकेका छन् । प्राथमिक वर्गमा प्रायः किशोरहरु नै सहभागी हुनेगर्छन् ।

प्रतिक्रिया