२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बिनौद चौधरीको अर्थमन्त्री बन्ने सपना चकनाचुर


October 16, 2023
0
Shares

काठमाडौं, २९ असोज । बिनोद चौधरी सांसद बन्नुको उद्देश्य हो अर्थमन्त्री बन्ने । अर्थमन्त्री बनेर उनले आफू अनुकूल आर्थिक लाभ लिने योजना बुन्दै आएका छन् । चौधरीले अर्थमन्त्री बन्न ठूलो धनराशी बुझाउने तयारी समेत गरे । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिलाई रिझाउन खोजे । विगतमा जो जो अर्थमन्त्री बने उनीहरुलाई चौधरीले प्रभावमा पारे । कसरी आर्थिक लाभ लिन सकिन्छ भनी लागे । उनले आफै अर्थमन्त्री बनेर ठूलै लाभ लिने कसरत गरे । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रभावित बनाउन अनेकन गरे । आफ्नो दक्षिणसँग विशेष सम्बन्ध रहेको देखाएर भ्रमहरु छरिरहे ।

चौधरी भारतीय जनता पार्टीसँग नजिक देखिन विगतमा नरेन्द्र मोदीको सपथमा निम्तो नै पाएको देखाउन पुगे । निम्तोका लागि पनि उनले खर्च गरेका थिए । अहिले उनै चौधरी मोदी सरकारको तारोमा परेका छन् । भारतमा उनका कतिपय कारोबारमाथि छानबिन चलेको छ । यसले उनलाई धक्का लागेको छ । उनको अर्थमन्त्री बन्ने सपना चकनाचुर भएको छ ।

त्यसो त बिनोद चौधरी नेपालमा विदेशी लगानी भित्राउने नाममा शंकास्पद गतिवधिमा सक्रिय भएका छन् । उनले देशको पैसा विदेश पु¥याएको छर्लंग छ । विदेशी लगानी बैंकमा गराएको देखाएर आइरिस कम्पनीका लागि भन्दै विदेशमा रकम लगिरहेका छन् । नाबिल बैंकको मुनाफा देखाएर उनले यसरी रकम विदेश लाँदा प्रचलित कानून विपरित भएको छ । तर, राष्ट्र बैंक आँखा चिम्लिएर बसिरहेको छ ।

चौधरीले पछिल्लो समय टर्कीबाट लगानी भित्राउन खोजेका छन् । टेलिकम क्षेत्रमा उनले लगानी भित्राउनका लागि प्रचण्ड र शेरबहादुर देउवालाई रिझाएर लाइसेन्स लिने प्रक्रिया बढाएका छन् । प्रचण्ड र शेरबहादुर देउवालाई प्रभावमा पारेर चौधरी आफ्नो कम्पनीलाई जीएसएम सेलुलर मोबाइल सेवा सञ्चालनको लाइसेन्स दिने प्रक्रिया बढाउन सेटिङ गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले प्रचण्डको निर्देशनमा लाइसेन्स दिन तयारी थालेको छ । त्यसका लागि राजपत्रमै सूचना निकालेर नियमावली संशोधन गर्न खोजिएको छ । पुरुषोत्तम खनालमाथि विभिन्न माध्यमले दाबब बढाइएको छ यतिबेला ।

चौधरीले स्मार्ट टेलिकमको लाइसेन्समा पनि चलखेल गरिरहेका छन् । लाइसेन्स लिने र त्यसमा सित्तैमा शेयर लिएर विदेशी कम्पनीको लगानी ल्याउने उनको रणनीति देखिएको छ । चौधरीले टर्कीबाट लगानी ल्याउन लागेपछि छिमेकी भारतको वर्तमान सरकारको पनि ध्यान खिचिएको बुझिएको छ । उनको गतिविधि शंकास्पद भएरै भारतमा चौधरीको कम्पनीहरु कारबाहीमा पर्न थालेका छन् ।

चौधरी परिवारले टेलिकममा टर्कीबाट लगानी ल्याउने र चिनियाँ कम्पनीहरुसँग मिलेर काम गर्ने रणनीति अहिले नै बनाइसकेको छ । यसका लागि चौधरीका छोरा सक्रिय छन् । चिनियाँहरुको स्मार्ट अटोमोबाइल्स र सीजी मोटर्सबीच हालै सम्झौता पनि भइसकेको छ । चौधरीको यस्ता गतिविधि पछि चासो बढेको हो । भारतका बाबाहरु रिझाउने र भारतविरोधी समूहसँग मिलेर व्यवसाय बढाउने उनको गतिविधिप्रति शतर्कता बढाइएको बुझिएको छ ।

 

प्रतिक्रिया