३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कालिकोटमा प्राज्ञिक विद्यार्थी परिषद्ले गर्यो शैक्षिक सामाग्री वितरण, फिदिममा प्रशिक्षण


October 4, 2023
166
Shares

काठमाडौं, १७ असोज । देशको कुना काप्चामा पुगिरहेको प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शैक्षिक सामाग्री वितरण र प्रशिक्षणलाई गति दिइरहेको छ । बुधबार प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कालिकोटको श्री मोतीराम मावि र श्री सुन्दर आधारभूत विद्यालय र श्री जनज्योति विद्यालयका १५० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

प्राज्ञिकका राष्ट्रिय सह-संगठन सचिव रमेश कण्डेल, केन्द्रिय सदस्य केशव चौलागाई, वडा नं १ का वडा अध्यक्ष श्री उदयराम आचार्य, मोतिराम मा विका सह-प्राधानाध्यापक धर्मसिंह नाथ योगी, श्री सुन्दर आधारभूत विद्यालयका प्रधानाध्यापक बलप्रसाद न्यौपाने ज्यू,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका विभिन्न विशेष व्यक्तित्वहरु को उपस्थिति थियो ।

ती विद्यालयका १५० जना विद्यार्थीलाई शैक्षिक सामग्रीहरु विद्यालय झोला, कपी, कलम, शब्दकोष आदि वितरण गरिएको थियो ।

यसैगरी, प्राज्ञिकले फिदिममा प्रशिक्षण वर्ग सम्पन्न गरेको छ । प्राज्ञिकका छितराज न्यौपानेले प्रशिक्षण दिएको कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया