प्रेम चलाउनेमाथि आक्रमणमा सम्लग्न श्रेष्ठ पक्राउ

काठमाडौं, ११ असोज । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्न एक जना पक्राउ परेका छन् ।
साढे २ वर्षदेखि पाटन उच्च अदालतको आदेश अवज्ञा गरेर फरार भएका सयुस श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
चलाउनेमाथि आक्रमणमा संलग्न नेविसंघका ७ जनामध्ये दुईजना फरार थिए । ती मध्ये श्रेष्ठ पक्राउ परेका हुन् ।
पाटनको आदेश कार्यान्वयन गर्न दुई वर्षअघि जिल्ला अदालतबाट पक्राउ पूर्जि जारी भएको थियो ।