२ माघ २०८१, बुधबार | January 15, 2025

आज विश्व पर्यटन दिवस,बन्दिपुरमा पर्यटकलाई झाँकीसहित सम्मान गरिने


September 27, 2023
0
Shares

तनहुँ, १० असोज । बन्दिपुर गाउँपालिकाले आज विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ  ।

आज २७ सेप्टेम्बर बिश्व पर्यटन दिवसको अवसरमा पर्यटकीय नगरी बन्दीपुरले बिहान ८ बजे आइपुग्ने पहिलो पाहुनालाई स्वागत, एवं झाँकीसहित सम्मान गरिने अध्यक्ष सुरेन्द्र थापाले बताए ।

त्यस्तै बन्दीपुरबाट बाहिरिने पाहुनालाई पनि स्वागत गर्दै झाँकीसहित बजार परिक्रमा, पर्यटकहरुसहितको उपस्थितिमा पर्यटन ब्यवसायी, पत्रकार, बुद्धिजीवी, जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम तय भएको अध्यक्षले बताए ।

आजै बन्दीपुर बजारमा फुड फेस्टिवलको पनि आयोजना गरिएको छ । त्यसैगरी, बेलुका ७ बजे बन्दिपुरको पर्यटनसँग सम्बन्धित डकुमेन्ट्री प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

यस्ता छन् गाउँपालिकाका कार्यक्रम

१.बिहान ८ बजे बन्दीपुर आउने पहिलो पाहुना लाई स्वागत, एवम् झाँकि सहित सम्मान
२. बन्दीपुर बाट बाहिरिने पाहुना लाई पनि स्वागत
३.झाँकि सहित बजार परिक्रमा
४.पर्यटक हरु सहित को उपस्थिति मा पर्यटन ब्यवसायी, पत्रकार बुद्धिजीवी, जनप्रतिनिधि हरू बिच अन्तरक्रिया कार्यक्रम
५. बजारमा फुड फेस्टिवल कार्यक्रम
६. बेलुका ७ बजे बन्दिपुर को पर्यटन संग सम्बन्धित डकुमेन्ट्री लञ्च गर्ने कार्यक्रम

प्रतिक्रिया