२३ भाद्र २०८१, आइतबार | September 8, 2024

किन भएन बीआरआई कार्यान्वयनमा सहमति ?


September 26, 2023
0
Shares

काठमाडौं, ९ असोज । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) कार्यान्वयनमा हुनसक्ने सहमतिबारे चासो लिइएको थियो । तर, यो भ्रमणमा पनि बीआरआई कार्यान्वयनबारे अन्तिम टुंगो लाग्न सकेन ।

मंगलबार नेपाल चीन संयुक्त वक्तव्यको बुँदा नम्बर ७ मा बीआरआईबारे उल्लेख छ । तर, त्यसको कार्यान्वयन योजनालाई चाँडै अन्तिम रुप दिने प्रतिवद्धता मात्र जनाइएको छ । यसको टुंगो भने लागेको छैन ।

नेपालले बीआरआई ऋण नभई अनुदान मात्र लिने अडान कायमै राखेको छ । तर, चीन ऋणमा मात्र दिन चाहन्छ । प्रचण्डले बीआरआई कार्यान्वयनमा सहमति जनाउन चाहेपनि सत्ताघटक नेपाली काँग्रेस सहमत छैन । अमेरिकाको एमसीसी अनुदान भएकाले बीआरआई पनि अनुदान नै हुनुपर्ने काँग्रेसको अडान छ ।

यसअघि २०२३ को १ जनवरीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दा चिनियाँ पक्षले बीआरआई कार्यान्वयन भइसकेको दाबी गरेको थियो । पोखरा विमानस्थललाई बीआरआई अन्तर्गत भनियो । तर, सरकारले यसको खण्डन गरिसकेको छ ।

संयुक्त वक्तव्यमा तिब्बतलाई नेपालले चीनको आन्तरिक मामला भनेको छ भने ताइवानलाई चीनको अभिन्न अंग भनिएको छ ।

प्रतिक्रिया