एमाले बागमतीको अधिवेशन ड्रोनबाट ब्यानर उडाएर सुरु

काठमाडौं, ८ असोज । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु भएको छ । पार्टीको अधिवेशन काठमाडौंमा ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर उदघाटन गरिएको हो ।
अधिवेशन उदघाटनपूर्व निकालिएको ¥याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो ।
विभिन्न जिल्लाबाट १ हजार ८० जना प्रतिनिधिहरु अधिवेशनमा सहभागी छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन् । अधिवेशनबाट ५ जना पदाधिकारीसहित २४० सदस्यीय कमिटी बन्नेछ ।