८ पुस २०८१, सोमबार | December 23, 2024

क्यानडामा बसेर भारत टुक्राउन खोज्नेलाई रअले हत्या गरेको आरोप


September 19, 2023
0
Shares

एजेन्सी, २ असोज । हरदिप सिंह निज्जरको १८ जुनमा क्यानडाको ब्रिटिश कोलम्बियास्थित शिख गुरुद्वारामा गोली हानी हत्या भएको थियो । निज्जर भारतीय मूलका क्यानडाली थिए जो भारत विभाजन गर्ने गतिविधिमा सक्रिय थिए । भारतले क्यानडामा भारतविरुद्धको पृथकतावादी गतिविधिबारे प्रश्न उठाउँदै आएको थियो ।

जी-२० को बैठकमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडियुसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध क्यानडामा भएका गतिविधिबारे कुरा उठाएका थिए । तर, ट्रडियू क्यानडा फर्किएपछि नयाँ विषय उठेको छ । उनले सोमबार त्यहाँको संसदमा बोल्दै आफूले मोदीसँग निज्जर हत्याबारे चासो दिएको बताए । घुमाउरो तरिकाले निज्जर हत्यामा भारतको भूमिका रहेको आशय व्यक्त गरे ।

भारतको खुफिया एजेन्सी रअको क्यानडा प्रमुखलाई त्यहाँबाट निकाला गरेको विषय पनि उठेको छ अहिले । रअमाथि निज्जर हत्याको आरोप छ ।

पछिल्लो समय भारतमा पृथकतावादी गतिविधिमाथि कडाई गरिएको छ । पञ्जाब होस् या उत्तरपूर्वी भारत नै नि नहोस् त्यस्ता गतिविधिमाथि मोदी सरकार कठोर बन्दै गएको छ ।

प्रतिक्रिया